लामखुट्टेको टोकाइबाट बच्ने घरेलु उपाय | Khabarhub Khabarhub

लामखुट्टेको टोकाइबाट बच्ने घरेलु उपाय


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसमको सबैभन्दा ठुलो समस्या मध्ये एक हो, लामखुट्टेको टोकाइ । यस मौसममा लामखुट्टेहरू बढी सक्रिय हुने भएकाले यसको टोकाइबाट विभिन्न रोग लाग्ने गर्दछ ।

लामखुट्टेको भगाउने अनेकौं धूप र लिक्विडहरू नभएका होइनन् । तर यसमा हुने केमिकलले कतिपय अवस्थामा स्वास्थ्यमा असर पार्ने गर्दछ । तसर्थ लामखुट्टे भगाउन केही घरेलु उपायहरू अपनाउनु उपयुक्त हुनसक्छ ।

तुलसी
प्राय: हिन्दुहरुको घरै पिच्छे हुने तुलसीलाई भगवानका रुपमा पुज्ने गरिन्छ । यही तुलसी घरआगनमा हुँदा यसबाट आउने सुगन्धका कारण लामखुट्टे भाग्ने गर्दछन् ।

ल्वाङ र कागती

एक राम्रो कागतीलाई बीचमा काटेर त्यसभित्र ७/८ वटा ल्वाङ राखेर लामखुट्टे हुने कुनाहरुमा राखेमा यसले लामखुट्टे भगाउँछ ।

लसुन र ल्वाङ
७/८ वटा ल्वाङ र लसुनका ४/५ वटा टुक्रालाई पिसेर पानीमा उमाल्ने र केहिबेर सेलाउने । त्यसपछि उक्त घोललाई छानेर सफा बोतलमा राखेर लामखुट्टे लाग्ने स्थानमा स्प्रेको रुपमा प्रयोग गर्दा लामखुट्टे भाग्दछन् ।

नीम
एन्टीब्याक्टेरियल गुण भएको नीमलाई प्राकृतिक औषधि पनि मानिन्छ । सफा नीमको पातलाई पिसेर बनाइएको लेपलाई छालामा दल्दा लामखुट्टेले टोक्दैन ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  १० : ५२ बजे

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका