आईसीसी टी–२० विश्वकपसम्म हक्ले क्रिकेट अस्ट्रेलियाको सिईओ नियुक्त | Khabarhub Khabarhub

आईसीसी टी–२० विश्वकपसम्म हक्ले क्रिकेट अस्ट्रेलियाको सिईओ नियुक्त


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – क्रिकेट अस्ट्रेलिया (सीए) बोर्डले आईसीसी टी–२० विश्वकपसम्म अन्तरिम कार्यकारी निर्देशक (सिईओ) मा निक हक्लेलाई नियुक्त गरेको छ ।

मंगलबार क्रिकेट अस्ट्रेलियाको बोर्ड बैठकले हक्लेलाई अन्तरिम सिईओ नियुक्त गरेको हो । क्रिकेट अस्ट्रेलियाले केभिन रोबर्टसले सिईओबाट राजीनामा दिएपछि नयाँ सिईओका रुपमा हक्लेलाई नियुक्त गरिएको बताएको छ ।

विज्ञप्तिमार्फत् अध्यक्ष अर्ल एडिङले क्रिकेट अस्ट्रेलिया कोरोना भाइरस (कोभिड १९) को महामारीपछिको क्रिकेटलाई अगाडि बढाउन सक्ने क्षमताको सिईओ विश्वभरबाट खोजिरहेको बताएका छन् ।

‘क्रिकेट अस्ट्रेलिया राम्रो एक कुशल नेतृत्वको खोजिमा छ । जसले खेलकुदको भविष्यबारे राम्रो सोच्ने होस्, खेलाडी र सबै कर्मचारी, स्टेट एसोसियसन, प्रायोजक र समर्थकलाई समेटेर लैजान सक्ने होस्,’ अध्यक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हक्लेसँग १३ वर्षको महत्वपूर्ण प्रतियोगितामा काम गरेको अनुभव रहेको छ । उनी आईसीसी टि–२० विश्वकपसम्म नियुक्त भएका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : २३ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि