अमेरिकाबाट असार ९ र ११ गते नेपालीको उद्दार गरिने | Khabarhub Khabarhub

अमेरिकाबाट असार ९ र ११ गते नेपालीको उद्दार गरिने


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण अमेरिकामा अलपत्र नेपालीहरुलाई यही असार ९ र ११ गते उद्दार गरिने भएको छ ।

अमेरिकास्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा असार ९ र ११ गते २-२ वटाका दरले ४ वटा उडानमार्फत उद्दार गर्न लागिएको जानकारी दिएको हो ।

दूतावासका अनुसार ९ गते न्यूयोर्कबाट टर्किस एअरलाइन्स र वाशिङटनबाट कतार एअरवेजले नेपाली लिएर काठमाण्डौ उडान भर्नेछन् । यस्तै १३ गते शिकागोबाट टर्किस एअरलाइन्स र ड्यालसबाट कतार एअरवेजको उडान गरिने छ ।

यसको लागि भाडा भने यात्रु स्वयंले नै तिर्नुपर्ने जनाइएको छ ।

टर्किस एअरलाइन्सले १५ सय ३७ डलर अर्थात १ लाख ८६ हजार ४ सय ९९ रुपैयाँ तथा कतार एअरवेजले १६ सय डलर अर्थात १ लाख ९४ हजार १ सय ४४ रुपैयाँ भाडा ताेकेकाे छ ।

नेपाल फर्कन चाहनेहरुले भरेको अनलाइन फारमको आधारमा प्राथमिकता अनुसार उनीहरुलाई नेपाल पठाइने दूतावासले जनाएको छ ।

नेपाल फर्कनको लागि पासपोर्ट र अन्य ट्राभल डकुमेन्ट र पीसीआर या आरडीटी विधिबाट जाँच गरी कोरोना नलागेको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ९ : २८ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा