कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको विद्युतीय शव दाह गृहमा अन्त्यष्टि « Khabarhub

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको विद्युतीय शव दाह गृहमा अन्त्यष्टि


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शनिबार राति राजधानीको पशुपतिमा दाहसंस्कार गरिएको छ।

पुशपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले ती महिलाको शव विद्युतीय शव दाह गृहमा अन्त्यष्टि गरिएको बताए ।

ढकालका अनुसार उनको शव शनिबार राति ९ बजे पशुपति आर्यघाटमा पुर्‍याइएको थयो । कोरोनाका कारण महिलाको मृत्यु भएकाले शब जलाउन पीपीई लगाएका सुरक्षाकर्मी र दुईजना आफन्त मात्र उपस्थित थिए ।

कोरोना संक्रमितको शव ल्याउनु अघि नै पशुपति क्षेत्रलाई सील गरिएको थियो ।

कोषका सदस्य सचिव ढकालले खबरहबसँग भने, ‘संक्रमित महिला भएकाले सुरक्षाकर्मीको टोली पनि आउनुभएको थियो तर  हाम्रो शवदाह गृहका दुईजना कर्मचारीले पीपीई लगाएरै शवको अन्त्यष्टि गरे ।’

कोषका सदस्य सचिव ढकालका अनुसार संक्रमित महिलाको शव जलाउनु अघि शवगृहलाई निसंक्रमण औषधि छर्किएको थियो ।

कोभिड १९ कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवसथपन सम्बन्धि कार्यविधि अनुसार उनको शव जलाइएको सदस्यसचिव ढकालले बताए ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  १० : २१ बजे

अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व