भारतले बेलायतलाई ३० लाख पारासिटामोल उपलब्ध गराउने | Khabarhub Khabarhub

भारतले बेलायतलाई ३० लाख पारासिटामोल उपलब्ध गराउने


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेलायतलाई भारतले ३० लाख पारासिटामोल उपलब्ध गराउने भएको छ ।

बेलायतको विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार भारतीय उच्च अधिकारीसँगको कुराकानीका क्रममा भारतले बेलायतलाई ३० लाख पारासिटामोल उपलब्ध गराउने सहमति जनाएको छ ।

भारतले उपलब्ध गराउने उक्त औषधि आगामी दुई हप्तामा बेलायत पुगिसक्ने छ ।

पछिल्लो विवरणअनुसार बेलायतमा बुधबारसम्म कोरोना भाइरसबाट १२ हजार ८६८ जनाको मृत्यु भएको छ भने ९८ हजार ४७६ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ८ : १७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम