टिप्पर ठक्कर प्रकरण : पनौतीमा गोली चल्यो, प्रहरी हवल्दारसहित ५ जना घाइते « Khabarhub

टिप्पर ठक्कर प्रकरण : पनौतीमा गोली चल्यो, प्रहरी हवल्दारसहित ५ जना घाइते


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – टिप्परले ठक्कर दिदा दुई जनाको मृत्यु भएपछि काभ्रेपलाञ्चोकको पनौती तनावग्रस्त बनेको छ ।

आन्दोलनकै क्रममा भीडबाट गोली चल्दा प्रहरी हवल्दार दिलिप बुढाथोकी घाइते भएका छन् । उनको स्थानीय सिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

आन्दोलनकैबीचबाट अज्ञात व्यक्तिले ८ बजेतिर गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गर्दा ४ जना प्रदर्शनकारी पनि घाइते भएका छन्।

लगत्तै प्रदर्शनकारीले प्रहरी बिटमा आगजनी गरेपछि पनौती तनावग्रस्त बनेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख, प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

भीड नियन्त्रणका लागि प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ भने आधा दर्जन सेल अश्रुग्याँस प्रहार गरेको छ। प्रहरीले न्याय दिनुको सट्टा बल प्रयोग गरेर दमन गर्न खोजेको भन्दै आक्रोशीत स्थानीय प्रहरीमाथी नै जाइ लागेका छन् ।

बा ५ ख ५४८० नम्बरको टिप्परले अपरान्ह ४ बजेतिर ठक्कर दिदा खानीखोला गाउँपालिका–१ की अन्दाजी २७ बर्षीय जुनीमाया गोले र उनकी तीन वर्षीया नावालक छोरीको मृत्यु भएको थियो । रोशी गाउँपालिका—६ का टिप्परका चालक नबराज थापा प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ९ : ०२ बजे

हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी

वागमती– सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं– सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार

चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी

बेइजिङ- चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई)

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,