टिप्पर ठक्कर प्रकरण : पनौतीमा गोली चल्यो, प्रहरी हवल्दारसहित ५ जना घाइते « Khabarhub

टिप्पर ठक्कर प्रकरण : पनौतीमा गोली चल्यो, प्रहरी हवल्दारसहित ५ जना घाइते


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – टिप्परले ठक्कर दिदा दुई जनाको मृत्यु भएपछि काभ्रेपलाञ्चोकको पनौती तनावग्रस्त बनेको छ ।

आन्दोलनकै क्रममा भीडबाट गोली चल्दा प्रहरी हवल्दार दिलिप बुढाथोकी घाइते भएका छन् । उनको स्थानीय सिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

आन्दोलनकैबीचबाट अज्ञात व्यक्तिले ८ बजेतिर गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गर्दा ४ जना प्रदर्शनकारी पनि घाइते भएका छन्।

लगत्तै प्रदर्शनकारीले प्रहरी बिटमा आगजनी गरेपछि पनौती तनावग्रस्त बनेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख, प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

भीड नियन्त्रणका लागि प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ भने आधा दर्जन सेल अश्रुग्याँस प्रहार गरेको छ। प्रहरीले न्याय दिनुको सट्टा बल प्रयोग गरेर दमन गर्न खोजेको भन्दै आक्रोशीत स्थानीय प्रहरीमाथी नै जाइ लागेका छन् ।

बा ५ ख ५४८० नम्बरको टिप्परले अपरान्ह ४ बजेतिर ठक्कर दिदा खानीखोला गाउँपालिका–१ की अन्दाजी २७ बर्षीय जुनीमाया गोले र उनकी तीन वर्षीया नावालक छोरीको मृत्यु भएको थियो । रोशी गाउँपालिका—६ का टिप्परका चालक नबराज थापा प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ९ : ०२ बजे

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग