थाहा पाउनुस्, आज कति छ तरकारीको भाउ ? « Khabarhub
Logo
१५ जेष्ठ २०७७, बिहीबार

थाहा पाउनुस्, आज कति छ तरकारीको भाउ ?



आज तरकारीको भाउ समान्य हेरफेर भएको छ ।

कालिमाटी तरकारी बजारका अनुसार लसुन ३२० रुपैयाँ किलो र पुदिना ३२० मा किनबेच भइरहेको छ ।

त्यस्तै कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो८० रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै भेडे खुर्सानी १३०, लसुन हरियो १४० हरियो धनिया प्रतिकिलो ६० मा किनबेच भइरहेको छ ।

त्यसैगरी सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ६० रुपैयाँ, रातो आलु प्रतिकिलो ५० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो १०० रुपैयाँ, लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ रहेको छ ।

त्यस्तै ,पाकेको फर्सी प्रतिकिलो ७० रुपैयाँ, भिण्डी प्रतिकिलो १२० रुपैयाँ, स्कुस प्रतिकिलो ६० रुपैयाँ, पालुगो ४० , मेथी र चम्सुरको साग प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको छ ।


भर्खर

0