पाकिस्तान महिलाको लागि विश्वकै छैठो असुरक्षित देश | Khabarhub Khabarhub

पाकिस्तान महिलाको लागि विश्वकै छैठो असुरक्षित देश


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी अरेबियाले केही समय पहिले मोडेल क्वान्डिल बलोचका भाइलाई पाकिस्तान सुपुदर्गाी गरेको छ । उनीमाथि आफ्नै बिहिनीको हत्याको आरोप छ ।

परवारको सम्मानका लागि हुने यस्ता घटना बढ्दा छन् । परिवारको सम्मान पाकिस्तानको सामाजिक जीवनमा मात्र नभई राजनीति र अर्थतन्त्रमाथि पनि हावी हुँदै प्रभाव पार्ने गरेको छ ।

महिला माथिको हिंसाका घटना पछिल्लो समय पाकिस्तानमा बढ्दै गएको छ । जहाँ हिंसा पीडित महिलाको संख्या २ करोड नाघेको छ ।  पाकिस्तान महिलोको लागि विश्वको छैठौ असुरक्षित देश बनेको छ ।

एक जर्मन रेडियोले पाकिस्तानमा गरेको अध्ययनको तथ्यांक सार्वजनिक गर्दै भनेको थियो महिला अधिकारको क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्थामार्फत २००४ देखि २०१६ को बीचमा ४ हजार ७ सय ३४ महिलाले यौन हिंसाको मुद्दा दर्ता गरेका छन् ।

१५ हजारभन्दा माथि महिलाले दुर्व्यवहारको लागि, १८ सयले घरेलु हिंसा तथा ५५ सयले अपहरणका लागि मुद्दा दर्ता गरेका छन् ।

त्यस्तै जनवरी २०११ देखि २०१७ को बीचमा ५१ हजार भन्दा महिलाले हिंसाको भोग्नु परेका तंथ्याकमा पाइएको छ । रिपोर्ट गरिएका घटनाहरूमा पनि २.५५ प्रतिशतलाई मात्रै दोषी ठहराइइदै महिलाहरुले आत्मविश्वास कम हुँदै गएको र उनीहरुले हिंसाविरुद्धको घटनामा उजुरी दिन पनि छोड्दै गरेको प्रचलन विकसित हुँदै गइरहको छ ।

महिला हिंसा सम्बन्धित मुद्दा हेर्नलाई १ हजार विशेष अदालतहरुको स्थापना गर्ने पाकिस्तानी मुख्य न्यायधीशको घोषणापश्चात पनि कुनै ठोस कदम चालिएको छैन् ।

पाकिस्तानीकी एक महिला अधिकारवादी मुख्तरन माइले यसलाई प्रणालीगत समस्या भनेकिछन् । सन् २००४मा सामूहिक बलात्कारको शिकार भएकी माइ अहिलेसम्म पनि न्यायका लागि लडिरहेकी छिन् ।

उनी भन्छिन्, ‘कि प्रहरी चौकी शहरमा मात्र छन् जबकी अशिकांश हिंसा गाउँहरुमा हुन्छन् ।’

यो सत्य नै हो कि गाउँका सामन्त जमिन्दारहरूले महिलालाई वस्तु ठान्छन् र महिलामाथि दुर्व्यवहार गर्छन । त्यहाँको स्थानीय प्रहरी प्रशासन पनि यिनकै मुठ्ठीमा हुन्छन् । अनी महिलाले कसरी न्याय पाउने भनी माइ प्रश्न गर्छिन ।

अर्का महिला अधिकारकर्मी फर्जाना बारी अनुसार पाकिस्तानमा यो समस्या बढ्दै जानुको कारण यहाँको पितृसत्तात्मक सोच हो । जुनसुकै सरकार आएपनि यस्तो सोचको अन्त्य गर्न कुनै पहल नगरेको उनको गुनासो छ ।

विश्व बैंकको २०१९को तथ्यांकअनुसार १५ बर्ष माथिका जम्मा २४.५ प्रतिशत महिला सक्रिय रुपमा श्रम गर्छन् । श्रमशक्तिमा महिलाको संख्या न्यून हुने देशहरुमा पाकिस्तान १५ औं स्थानमा पर्छ सार्वजनिक ठाउँमा महिला अनुपस्थित हुनुको यो एउटा महत्वपूर्ण कारण हो ।

वल्ड भ्यालु सर्भे अनुसार पाकिस्तानका ७४.६५ प्रतिशत पुरुष विश्वास गर्छन् कि काम गर्ने पहिलो अधिकार पुरुषकै हुन्छ । ७२.५ प्रतिशत पुरुषले महिला भन्दा पुरुष नेतृत्वका लागि उत्तम हुने सोच राख्दछन भने ५१.५ प्रतिशत पुरुषले विश्वविद्यालय शिक्षा महिलाभन्दा पुरुषको लागि बढी महत्वपुर्ण हुने धारणा राख्दछन् ।

यस तथ्यांकले यो समस्याको जड कति गहिरो छ भने देखाउछ र यसले मुलुकै समग्र अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव पारिहेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको एक अध्ययन अनुसार पाकिस्तानले लैङ्गिक विभेद कम गर्न सक्यो भने आफ्नो कुल गाह्रस्थ उत्पादनको ३०.५ प्रतिशतले बढाउन सक्छ ।

एउटा बिकासोन्मुख देश जो ३.५ प्रतिशतको आर्थिक वृद्धिले विकास गरिरहेको छ, उसको लागि यो धेरै ठुलो आँकडा हो । लैंङ्गिक सशक्तिकरणले आर्थिक रुपमा ठुलो भूमिका निर्वाह गर्न सक्दछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १२ : १९ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ