दूर्गा प्रसाईंविरुद्ध अभद्र व्यवहारको मुद्दा, पक्राउ गर्न प्रशासनको अनुमति « Khabarhub

दूर्गा प्रसाईंविरुद्ध अभद्र व्यवहारको मुद्दा, पक्राउ गर्न प्रशासनको अनुमति


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापाको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध प्रहरी अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले प्रसाईंविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको हो ।

अभद्र व्यवहार सम्बन्धी कसुरको अनुसन्धानका लागि प्रसाईंलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले पक्राउ पूर्जी समेत जारी गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी भएको जानकारी दिए ।

‘प्रसाईंविरुद्ध हाम्रोमा एउटा उजुरी दर्ता भएको छ । सोही उजुरीको आधारमा अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न भनेर पक्राउ गर्ने अनुमतिका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थियौं । अहिले प्रशासनले पक्राउ गर्ने अनुमति दिएको छ,’ महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी प्रधानले खबरहबसँग भने ।

प्रसाईंले पत्रकार सम्मेलन नै आयोजना गरेर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले आफूसँग २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए ।

पछि, आयोगका उपाध्यक्ष गिरीले पनि पत्रकार सम्मेलन नै गरेर प्रसाईंले लगाएको आरोपको खण्डन गरेका थिए ।

गिरीले प्रसाईंविरुद्ध मानहानी गरेको तथा आफूलाई असुरक्षित हुने गरी गतिविध गरेको आरोप लगाएर महानगरीय प्रहरी परिसर भक्तपुरमा समेत उजुरी दिएका थिए ।

गिरीको सोही उजुरीका आधारमा प्रशासनले प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी गरेपनि उनी भने अहिले फरार छन् ।

पक्राउ पूर्जी जारी भएसँगै बिहीबार बिहान प्रहरी टोली प्रसाईंलाई नियन्त्रणमा लिन उनको भक्तपुरस्थित निवास पुगेको थियो । तर, उनी घरमा नभेटिएका प्रहरीले जनाएको छ ।

भक्तपुर प्रहरीले प्रसाईंको खोजी गरी पक्राउ गर्नका लागि प्रहरी प्रधान कार्यालयमार्फत अन्तरजिल्ला समन्वय गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  १२ : २९ बजे

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल