अनियमितताको आरोपमा दुई कर्णेल नियन्त्रणमा | Khabarhub Khabarhub

अनियमितताको आरोपमा दुई कर्णेल नियन्त्रणमा


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुरस्थित सैनिक महाविद्यालयमा प्रमुख रहँदा रासन अनियमितता गरेको आरोपमा नेपाली सेनाका दुई कर्णेलमाथि सैनिक मुख्यालयले छानबिन शुरु गरेको छ ।

मुख्यालयले नेपाली सेनाका कर्णेल भूपालमान अधिकारी र लेफ्टिनेन्ट कर्णेल देव क्षत्रीमाथि रासन अनियमितताको आशंकामा अनुसन्धान शुरु गरेको हो ।

उनीहरूलाई नियन्त्रणमा लिएर छानबिन थालिएको छ । प्रारम्भिक छानबिनले रासनमा अनियमितता भएको देखाएकाले दुवै जनालाई ‘लाइन एरेस्ट’मा राखेर छानबिन थालिएको सैनिक स्रोतले जनाएको छ ।

सैनिक स्रोतका अनुसार करिब दुई वर्षअघि उनीहरूले सैनिक महाविद्यालयको महत्त्वपूर्ण जिम्मेवारीमा रहँदा विद्यालयमा पठाइएको रासन अन्यत्र बेचेको आरोप छ ।

त्यसरी बेचिएको रासनबापतको रकम अन्यत्रबाट उनीहरूको व्यक्तिगत खातामा आएको देखिएको सैनिक स्रोतले जानकारी दिएको हो । सो विषयमा छानबिन गर्न सहायक रथी प्रदीपजंग केसीको नेतृत्वमा गठित ‘कोर्ट अफ इन्क्वायरी’ले उनीहरूमाथि अनुसन्धान गरिरहेको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनासँग जोडिएका पुराना विषयमा गुनासो आउन थालेपछि विगतका आर्थिक विषयसमेत छानबिन गर्ने नीति लिएका छन् ।

त्यसका लागि सेनाले ‘रिभर्स करप्सन’ नाम दिएर विगतका खरिद प्रक्रियालाई समेत हेर्दै आएको छ । प्रधानसेनापति थापाले प्रश्न उठेका स्थानमा मुख्यालयबाट टोली नै खटाएर छानबिन गर्दै आएका छन् ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ९ : ०२ बजे

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौं– सरकारले आइतबार देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७०

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि