संवैधानिक परिषद्को बैठक सुरु | Khabarhub Khabarhub

संवैधानिक परिषद्को बैठक सुरु


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संवैधानिक परिषदको बैठक सुरु भएको छ ।

नयाँ अध्यादेश अनुसार संवैधानिक परिषद्को बैठक सुरु भएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीसँगै राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरा उपस्थित छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटा सहभागी छैनन् ।

मङ्गलबार बिहान बोलाइएको बैठकमा सभामुख सापकोटा उपस्थित नभएपछि साँझलाई सरिएको थियो ।

अध्यादेशमा पहिलो बैठकमा निर्णय नभए तत्काल बहाल सदस्यको बहुमत सदस्यका आधारमा निर्णय हुने भन्ने उल्लेख छ । यसो हुँदा ३ सदस्यहरुले निर्णय गर्न सक्नेछन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ६ : १२ बजे

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य

गृहमन्त्रीको निर्देशन– प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशक कुरेर नबस्नू

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको

रेमिट्यान्सलाई उत्पादनमुखी बनाऔँ : राजेन्द्र मल्ल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले