बुटलमा भएको प्रदर्शनमा स्कुटर जलाउने ४ पक्राउ | Khabarhub Khabarhub

बुटलमा भएको प्रदर्शनमा स्कुटर जलाउने ४ पक्राउ


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनका क्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज सूचना निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्धा चलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीकाअनुसार बुटवल उमहानगरपालिका –११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देविनगर बस्ने ३५ वर्षीय रोशन थापा, तिलोत्तमा नगरपालिका –२ बस्ने २८ वर्षिय सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका–८ घर भई बुटवल बस्ने ३० वर्षीय सुरज क्षेत्रीलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुले गत असोज १६ गते बुटवल–११ देविनगरको होराईजन चोकमा सरकारी स्कुटर जलाएका थिए ।

यसैगरी प्रहरीको स्कुटर रोकी धम्की दिने दुई जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

देवदह नगरपालिका –४ का वसन्त रेग्मी र सोही ठाउँका वसन्तलाई देवदह–५, खैरेनी कचहरा पुलमाथि डिउटीमा जाँदै गरेका प्रहरीको स्कुटर रोकी फुटाईदिउ भन्दै धम्की समेत दिई जबरजस्ती लाईसेन्स बिलबुक मागेको अभियोगमा नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता खत्रीले बताए ।

उनीहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ८ : ५५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम