मुलुकभर पछिल्लो २४ घण्टामा १,४५९ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) | Khabarhub Khabarhub

मुलुकभर पछिल्लो २४ घण्टामा १,४५९ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५६,७८८ पुग्यो


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ थियो ।

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।

कहाँ कति थपिए ? ( स्वास्थ्य मन्त्रालयको विस्तृत विवरण)

२४ घण्टामा थप  १ हजार ६२ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप  १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ६३८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ५७६ थियो ।

मन्त्रालयका अनुसार आज थप ११ जनाको  कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाले  ज्यान ग गुमाउनेको संख्या ३७१ पुगेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ४ : ४३ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा