स्वयम्भूबाट १० किलो गाँजासहित दुईजना पक्राउ | Khabarhub Khabarhub

स्वयम्भूबाट १० किलो गाँजासहित दुईजना पक्राउ


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले काठमाडौंको स्वयम्भूबाट १० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापका २२ वर्षीय सुवर्ण पौडेल र धादिङ थाक्रे गाँउपालिका–५ घर भएका २७ वर्षीय सागर लामा छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भू र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरुलाई भगवानपाउ नजिकैबाट पक्रेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार लागु औषध मुद्दामा अदालतबाट ७ दिनको म्याद लिएर उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १२ : ३४ बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा