प्रिमियर लिगमा चेल्सीको विजयी सुरूवात, बाइटनमाथि सहज जीत | Khabarhub Khabarhub

प्रिमियर लिगमा चेल्सीको विजयी सुरूवात, बाइटनमाथि सहज जीत


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इङ्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले विजयी सुरुवात गरेको छ ।

मंगलबार बिहान भएको खेलमा चेल्सीले ब्राइटनमाथि सहज जीत हात पारेको हो ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३–१ को जीत निकाल्यो ।

चेल्सीको जितमा जोर्गिन्हो, रिस जेम्स र कर्ट जुमाले गोल गरे । घरेलु टोलीका लियान्ड्रो ट्रोसार्डले एक गोल फर्काएका थिए ।

खेलमा अग्रता चेल्सीले २३औं मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट लिएको थियो । ब्राइटनका गोलकिपरले चेल्सीका फरवार्ड टिमो वार्नरलाई डिबक्स भित्र लडाएपछि लण्डन क्लबले पेनाल्टीको अवसर पाएको थियो । जसमा कप्तानी भूमिकामा रहेका जोर्गिन्हो चुकेनन् ।

५४औं मिनेटमा ट्रोसार्डको गोलमार्फत ब्राइटन खेलमा फर्कने संकेत गरेको थियो । ब्राइटनका युवा खेलाडी लाम्पार्टीले उपलब्ध गराएको पासमा उनले डिबक्स बाहिरबाट गोल गरेका थिए ।

ब्राइटनले बराबरी गोल फर्काएको दुई मिनेटमै चेल्सीले खेलमा पुन अग्रता बनायो । जेम्सले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो ।

चेल्सीका डिफेन्डर जुमाले कमजोर डिफेन्सको फाइदा उठाउँदै चेल्सीका लागि ६६औँ मिनेटमा तेस्रो गोल गरेका थिए ।

खेलाडी परिवर्तनमा ठूलो रकम खर्चिएको लण्डन क्लबले लिगको पहिलो खेलमा ब्राइटनमाथि सहज जीत निकालेको हो ।

मुख्य प्रशिक्षक फ्राङ्क लाम्पार्डले दुई नयाँ खेलाडी टिमो वार्नर र काइ हाभर्ट्जलाई पहिलो रोजाईमा राख्दै मैदान उतारेका थिए ।

जीतसंगै चेल्सीले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ५ : ४३ बजे

प्राधिकरणले काटेको बिजुली जोड्दै हर्क साम्पाङले भने– पोलको पैसा तिर

सुनसरी- नगरपालिकाले सडक बत्तीको महसुल नबुझाएको भन्दै विद्युत प्राधिकरणले ताकेता

सोलुखुम्बुमा सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार

एकल र साझा अधिकार सूचीमा रहेका कानून सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

हेटौँडा– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

रविमाथि छानबिन नभए बजेट अधिवेशन चल्दैन : रमेश लेखक

काठमाडौं- फागुन २१ गते अचानक माओवादी–कांग्रेस गठबन्धन सरकार फेरिएपछि नेपाली

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण