फिफा विश्वकप-२०२२ पहिलोपटक नोभेम्बरमा हुने | Khabarhub Khabarhub

फिफा विश्वकप-२०२२ पहिलोपटक नोभेम्बरमा हुने


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल नोभेम्बरमा हुने भएको छ ।

विश्वकप २०२२ नोभेम्बर २१ देखि सुरु हुनेछ। उद्घाटन खेल २१ नोभेम्बरमा कतारको समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ।

फिफाले समूह चरणसहित फाइनलसम्मको खेल तालिका सार्वजनिक गरेको हो।

समूह चरणमा एकै दिन चार वटासम्म खेल हुनेछ। फाइनल खेल १८ डिसेम्बरमा नेपाली समयअनुसार राति पौने ९ बजे लुसेल रंगशालामा हुनेछ।

समूह चरणका खेल नेपाली समयअनुसार अपराह्न ४ बजेदेखि हुनेछन्। भने अन्तिम खेल राति पौने १ बजे हुनेछन्।

विश्वकपको उद्घाटन समारोह ६० हजर दर्शक क्षमता भएको अल खोरस्थित अल बयत रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल दोहास्थित लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ ।

यसअघि जुन र जुलाईमा विश्वकप फुटबल हुँदै आएको भएपनि कतारमा अत्यधिक गर्मी हुने भएकोले आयोजकले पहिलो पटक विश्वकप नोभेम्बरमा गर्ने भएको हो ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ८ : ५१ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि