ओलम्पियन विष्ट, वैद्य र सिंहले दिए राजीनामा | Khabarhub Khabarhub

ओलम्पियन विष्ट, वैद्य र सिंहले दिए राजीनामा


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओलम्पियनद्वय दीपक विष्ट र संगीना वैद्य तथा राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले बुधबार राजीनामा दिएका छन् ।

दीपकले नेपाल तेक्वान्दो संघको सचिव र प्रवक्ता तथा संगीनाले तेक्वान्दो संघकै सदस्य पदबाट राजीनामा दिएको विष्टले जनाएका छन् । दुवै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तेक्वान्दो प्रशिक्षकका रुपमा कार्यरत छन् ।

राखेपअन्तर्गत नै फुटबल सहायक प्रशिक्षक सिंहले भने सहायक प्रशिक्षकबाट राजीनामा दिएका हुन् । तीनैले सम्बन्धित संघमा राजीनामा बुझाएको र त्यसको बोधार्थ राखेपलाई दिएका छन् ।

हालै लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन– २०७७ मा राखेपका कर्मचारी कुनैपनि संघमा बस्न नपाउने प्रावधान भएकाले अधिकांशले संघबाट राजीनामा दिइ रहेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ७ : ३३ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले