मेलम्चीको सुरुङमा बेपत्ता भएका २ जना अझै भेटिएनन् | Khabarhub Khabarhub

मेलम्चीको सुरुङमा बेपत्ता भएका २ जना अझै भेटिएनन्


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- मेलम्ची खानेपानी आयोजनाको सुरूङभित्रको ढोका (टनेल १७) फुट्दा पानीको भेलमा बेपत्ता भएका इञ्जिनियर सतिस गोइत र सवारी चालक राधाकृष्ण थापा मगर अझै भेटिएका छैनन्।

मंगलबार मध्यान्ह भएको घटनामा इञ्जिनियर शेखर खनाल र सबहेल्पर पेम्बा लामा घाइते भएका थिए। उनीहरूको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक उज्ज्वल महर्जनले दिएको जानकारीअनुसार बेपत्ताहरूको खोजी कार्य जारी छ।

‘२५ जना नेपाल प्रहरीसहित स्थानीय बासिन्दा र सिनो हाइड्रोका मानिसहरू पनि बेपत्ता भएकाहरूको खोजीमा हुनुहुन्छ,’ उनले भने, ‘हिजो राति १२ बजेसम्म खोजेका थियौं। आज बिहानैदेखि विभिन्न ठाउँका मेलम्ची नदी किनारमा खोजी जारी छ।’

इञ्जिनियरहरू चढेर गएको हाइलक्स गाडी पानीको वहाबले मेलम्ची खोलामा पुर्‍याएकोले इञ्जिनियर र चालक पनि खोलामै बेपत्ता भएको अनुमान प्रहरीको छ।

‘सुरूङभित्र गएर पनि खोजी सकियो,’ उनले भने, ‘सुरूङबाट बग्दै आएको देख्ने मानिसहरू पनि रहेछन्। त्यसैले मेलम्ची खोलामा खोजी जारी छ। दोलालघाटसम्म प्रहरी परिचालन गरेका छौं।’

उनले गोताखोर बोलाउने तयारी रहेको पनि जानकारी दिए।

‘मेलम्ची आयोजनाले हेलिकप्टरबाट गोताखोर ल्याउने तयारी पनि गरेको भन्ने सुनेको छु,’ उनले भने, ‘२५ जना प्रहरीले बेपत्ताहरूको खोजी गरिरहेका छन्।’

मेलम्ची आयोजना रहेको सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नम्बर १ को इन्टेकदेखि करिब एक किलोमिटर दूरीमा रहेको आम्बाथानमा गेट फुट्दा इञ्जिनियरसहित सवारी चालक बेपत्ता भएका हुन्।

१७ नम्बर टनेलमा पानीको प्रेसर नाप्न गएर फर्कने क्रममा रहेका इञ्जिनियरसहित चार जनालाई एक्कासि टनेलको ढोका फुट्दा आएको पानीको वहाबले बगाएको थियो।

बगेका दुई जनालाई हिजो उद्धार गरिएको थियो। दुई जना अझै बेपत्ता छन्। मेलम्चीको करिब २७ किलोमिटर सुरूङमा पानी परीक्षण गर्ने क्रममा उक्त दुर्घटना भएको हो।

असार २१ गते मुहानदेखि करिब आठ सय मिटरसम्म सुरूङ सफल परीक्षण भएको थियो। टनेल नम्बर-१७ बाट सुन्दरीजलतर्फ सुरूङमा पानी परीक्षण गर्ने कार्य भइरहेका बेला ढोका फुट्दा दुई जना बेपत्ता भएका हुन्।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  २ : १५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम