एन्फाको वेबसाइट चौथोपटक रि-लञ्च | Khabarhub Khabarhub

एन्फाको वेबसाइट चौथोपटक रि-लञ्च


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले समय सापेक्ष बनाउँदै वेबसाइट रि-लञ्च गरेको छ । बुधबार एन्फाले कार्यक्रम आयोजना गरी वेबसाइटको रि-लञ्च गरेको हो ।

एन्फाले आफ्ना गतिविधि अब साइटमा राख्ने प्रतिबद्वतासहित लन्च गरेको बताएको छ । सूचना आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले ल्यापटपमा किबोर्ड थिच्दै साइट लन्च गरेका हुन् ।

अध्यक्ष गुरूङसँगै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, मानार्थ अध्यक्ष टाँसी घले, एन्फा महासचिव इन्दमान तुलाधरसहित एन्फाका पदाधिकारीहरु उपस्थित थिए ।

एन्फाले यो सहित चारपटक साइटलाई नयाँ रुप दिइसकेको छ ।

नयाँ साइट बनाइएसँगै एन्फाले सूचना, विधानहरु, कार्यसमिति, जिल्ला सदस्यहरु देखि राष्ट्रिय टीमबारे पनि साइटमा राखिने एन्फाले बताएको छ ।

ए, बी, सी डिभिजन लिग र मोफसलका प्रतियोगिताहरुबारे पनि सूचना आफ्नो साइटमा फरक-फरक क्याटागोरीमा स्पष्ट बुझ्ने गरी राखिएको बताएको छ।

एन्फा साइट रि लन्च गरेकोमा फिफा र एएफसीका अध्यक्षले शुभकामना दिएका छन् । फिफा अध्यक्ष जियानी इन्फान्टिन्हो ले शुभकामना दिँदै आगामी दिनमा राम्रो हुनेमा विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १ : ५९ बजे

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको