३६ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | Khabarhub Khabarhub

३६ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ।

सोमबार बेलुका प्रहरी प्रधान कार्यालयले असार महिनाको तलब भत्ता खाने गरी ३६ जना एसपीहरुको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार मोरङ जिल्लामा सन्तोष खड्काको सरुवा भएको छ भने कास्की जिल्लामा जिबन श्रेष्ठलाई पठाइएको छ।

त्यस्तै कपिलबस्तुमा नवराज अधिकारी र बाँकेमा ओम रानाको सरुवा भएको छ। बाँकेमा सरुवा भएका राना बिबादास्पद एसपी हुन।

त्यस्तै पाल्पामा दिपक खरेल, सिरहामा उमाशंकर पन्जियार, तनहुँमा अरुण पौडेल, इलाममा नविनराज राई, भक्तपुरमा तारादेवी थापालगायतको सरुवा भएको छ।

सरुवा सूची अनुसार गोविन्द अधिकारी धनकुटा, जनकराज पाण्डेय डोटी, टीकाबहादुर केसी महोत्तरी, डम्बरबहादुर विक बुटवल ट्राफिक, दीपक रेग्मी पूर्वी नवलपरासी, भीमबहादुर दाहाल उदयपुर, राजेन्द्रप्रसाद भट्ट सुर्खेत, सुरेन्द्रबहादुर गुरुङ गोरखा र संजीव शर्मा दास इटहरी ट्राफिक सरुवा भएका छन् ।

सरुवा भएका एसपीहरुको सूची

 

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १० : ५५ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार