हत्या आरोपमा चार पक्राउ « Khabarhub

हत्या आरोपमा चार पक्राउ


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गत आइतबार मृतावस्थामा फेला परेका २० वर्षीय अमित रसाइलीको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

कास्की प्रहरीले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको हो ।

प्रहरी प्रमुख दानबहादुर कार्कीले घटनाको प्रारम्भिक अनुसन्धानबाट अमितकै साथीबाटै उनको हत्या भएको जानकारी दिए ।

पक्राउ पर्नेमा सुनम गुरुङ, शंकर सुनार, मनीष श्रेष्ठ र कृष्ण सुनार छन् ।  प्रहरी उपरीक्षक कार्कीका अनुसार गत जेठ ३१ गते पोखरा –२९ पट्नेरीका युवाले नयाँ बाइक किनेको खुशीयालीमा खानपिनमा रमाउँदै गर्दा मदिराले लट्ठ परेका रसाइलीमाथि साथीहरुले नै हेल्मेट र ढुङ्गा प्रहार गरेपछि मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।

कास्की प्रहरीको टोलीले खोजतलास गर्नेक्रममा आइतबार बिहान ७ बजे पोखरा –३२ रातोपैरास्थित सेती खोंचमा शव फेला पारेको थियो ।

अभियुक्तलाई म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइने प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ११ : ०२ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा