‘ड्यूटी’ सकेर घर जाँदै गरेका त्रिविका तीन जना चिकित्सकमाथि प्रहरीद्वारा कुटपिट « Khabarhub

‘ड्यूटी’ सकेर घर जाँदै गरेका त्रिविका तीन जना चिकित्सकमाथि प्रहरीद्वारा कुटपिट


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्पतालबाट ड्युटी सकेर घर फर्किदै गरेका तीन जना चिकित्सकमाथि प्रहरीद्वारा हातपात भएको छ ।

त्रिवि शिक्षण अस्पतालका डाक्टर तेजप्रकाश शाह र डाक्टर शम्भु खनाल तथा कान्ति बाल अस्पतालका डाक्टर विकास शाहमाथि प्रहरीले हातपात गरेको हो ।

आफूहरु अस्पतालको ड्युटीबाट फर्किएको भन्दाभन्दै पनि प्रहरीले लाठीचार्ज गरेको पीडित चिकित्सकमध्येका एक जना डा शम्भु खनालले खबरहबलाई बताए ।

‘हामी अस्पतालबाट घर फर्किंदै थियौं, एक जना डाक्टर कान्ति अस्पतालका र हामी दुई जना टिचिङका डाक्टर थियौं, डेरा नजिकै पुग्न लाग्दा पुलिसको भ्यान आयो,’ पीडित डाक्टर खनालले खबरहबसँग भने, ‘उहाँहरु भ्यानबाट ओर्लिएपछि हामीले हाम्रो अस्पतालको आइडीकार्ड देखाएर ड्युटीबाट फर्किएको भन्यौं, तर कार्ड देखाउँदा पनि हामीलाई लाठीचार्ज  भयो ।’

डा खनालका अनुसार यो घटना बुधबार राति सबा ८ बजेको हो ।

‘हामीले कार्ड देखाएर अस्पतालमा काम सकेर फर्किएको भन्दा पनि हामीमाथि लाठीचार्ज हुनु हामीमाथिको मानहानी नै हो,’ डा खनालले भने, ‘हामी प्रहरीबाट समेत असुरक्षित भयौं ।’

यसैबीच नेशनल रेसिडेन्ट डक्टर्स एसोसिएसनले चिकित्सकमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उसले बिज्ञप्ति जारी गर्दै घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । कारबाही प्रक्रिया अगाडि नबढाए कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ११ : ४४ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा