इरानद्वारा कोरोनाभाइरस पहिचान गर्ने ‘चुम्बकीय’ उपकरण सार्वजनिक « Khabarhub

इरानद्वारा कोरोनाभाइरस पहिचान गर्ने ‘चुम्बकीय’ उपकरण सार्वजनिक


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इरानले कोरोनाभाइरस पहिचान गर्ने ‘चुम्बकीय’ उपकरण सार्वजनिक गरेको छ ।

इरानकाे इस्लामिक रिभोलुसन गार्ड कर्प्सका कमान्डरले कोरोना भाइरस पहिचान गर्न सक्‍ने ‘चुम्बकीय’ उपकरण सार्वजनिक गरेका हुन् ।

झण्डै १ सय मिटरको दूरीमा रहेको कोरोना संक्रमित व्‍यक्तिलाई उक्त चुम्बकीय डिभाइसले पहिचान गर्न सक्‍ने दाबी गरिएको छ ।

चुम्बकीय उपकरण सार्वजनिक गर्दै  कमाण्डर माज्गेन होसैनले भनेका छन्, ‘कोरोना संक्रमित व्‍यक्तिको पहिचान यो म्याग्नेटिक उपकरणले करीब सय मिटरको दूरीमा पाँच सेकेण्डभित्रै हुन्छ।’

साथै यो डिभाइसले ८० प्रतिशत नतिजा दिने उनले बताएका छन्।

विज्ञहरुले भने अहिले कोभिड-१९ जाँच गर्ने एकमात्र उपयुक्त विधि भनेको स्वाब परीक्षण नै रहेको जनाउँदै आएका छन् ।

 

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ७ : ५८ बजे

सान्चेज फ्रेन्च क्लब मार्सेमा

काठमाडौं- इन्टर मिलानका पूर्व स्ट्राइकर एलेक्सिस सान्चेज फ्रेन्च लिग वान

ताइवानमाथिको चिनियाँ दबाब सामान्य बनाउन दिन्नौँ : अमेरिका

ताइपेय : अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनलाई ताइवानमाथिको

एक जनालाई पत्थरी भए परिवारका सबैले जाँच गराइरहनुपर्छ

पछिल्लो समय मानिसमा पत्थरीको समस्या धेरै हुने गरेको छ। हामीले

कोभिडमाथि विजय गरेको उत्तर कोरियाको घोषणा

प्योङयाङ – उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार कोभिड–१९