लडेर घाइते बालकको हेलिकोप्टरबाट उद्धार | Khabarhub Khabarhub

लडेर घाइते बालकको हेलिकोप्टरबाट उद्धार


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- लडेर गम्भीर घाइते भएका ५ वर्षे बालकको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

घर नजिकै लडेका बाजुराको बुढीनन्दा नगरपालिका ७ का महेश कार्कीका छोरा खगेन्द्र कार्कीको जिल्लामा उपचार सम्भव नभएपछि नेपाली सेनाको एन ए ००५ नम्वरको इक्युरेल हेलिकप्टर मार्फत उद्दार गरिएको हो।

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा भर्ना गरिएका बालक कार्कीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर मेडिकल कलेजमा लगिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले जानकारी दिए ।

बालक कार्की मंगलबार दिउँसो आफ्नो घर नजिकै खेलिरहेको बेला लडेर घाइते भएका थिए ।

प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पनि नभएको र टाउकोमा नै चोट भएकोले स्वास्थ्य कर्मीको सल्लाह अनुसार नै कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको हो।

लकडाउनले सवारी साधान बन्द हुँदा कोल्टीबाट एम्बुलेन्समार्फत लैजान समय लाग्ने देखिएपछि हेलिकप्टरबाट उद्धार गरिएको हो।

नेपाल सरकारले दुर्गम तथा पहाडी क्षेत्रमा आकस्मीक विरामी भएमा वाविपतजन्य दुर्घटना भएमा हेलिकप्टर मार्फत ढुवानी सेवा उपलब्ध गराउने गरेको छ।

सरकारले गरेको निर्णय अनुसार नै गृह मन्त्रालयसँगको सहकार्यमा तत्काल हेलिकप्टर पठाएर उद्दार गरिएको प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले बताएका छन्।

बालकको अवस्था गम्भीर भएको खबर लगत्तै प्रतिनिधी सभा सदस्य लालबहादुर थापा, प्रदेश सभा सदस्य बल्देव रेग्मी लगायतले बिशेष पहल थालेका थिए। प्रदेश सरकारले तत्काल उपलब्ध गराउन सक्ने अवस्था नभएको बताएपछि संघीय सरकारसँग पहल थालिएको प्रदेशसभा सदस्य बल्देव रेग्मीले बताएका छन्।

विहानै हेलिकप्टर पठाउने तयारी थालिएपनि प्रक्रिया पुरा गर्दा केही ढिलाई भएको बुझीएको छ। कोरोनाको संक्रमणका कारण देशकै सम्पूर्ण शक्ति त्यतैमा केन्द्रीत हुँदा हेलिकप्टरका लागि बढी प्रयास गर्नु परेको हो। हेलिकप्टरका लागि सांसद थापा मन्त्रालय धाउने देखि प्रक्रिया पुरा गर्नमा आफै खटिएका थिए।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ७ : ०७ बजे

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट