कोरोना भाइरसविरुद्ध सार्कमा ‘इमर्जेन्सी फण्ड’ बनाउन प्रस्ताव, भारतले १० मिलियन अमेरिकी डलर राख्ने « Khabarhub

कोरोना भाइरसविरुद्ध सार्कमा ‘इमर्जेन्सी फण्ड’ बनाउन प्रस्ताव, भारतले १० मिलियन अमेरिकी डलर राख्ने


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ (कोरोना भाइरस) विरुद्ध सार्क ‘इमर्जेन्सी फण्ड’ बनाउन प्रस्ताव गरेका छन् ।
कोरोना भाइरसविरुद्ध सार्क मुलुकका राष्ट्रले सहकार्य गरेर अघि बढ्नु पर्ने उनले बताए ।

उक्त इमेर्जेन्सी फण्डमा १० मिलियन अमेरिकी डलर भारतले राख्ने र अरु राष्ट्रले पनि स्वयंसेवी योगदानका आधारमा रकम जम्मा गर्न सक्ने उनले जनाए । यसका लागि कुटनीतिक रुपमा अघि बढ्ने बताए ।

चिकित्सक तथा स्वास्थ्य उपकरणहरु भारतले तयार गरिरहेको उनले बताए ।

कोरोना भाइरस विरुद्ध साझा धारणा बनाउन सार्क राष्ट्रका प्रमुखहरुबीचको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले भने,‘सहकार्य गरेर अघि बढ्न जरुरी छ, चिकित्सकहरुका लागि अनलाइन ट्रेनिङ क्यापसुलहरु पनि स्थापना गर्न आवश्यक छ ।’

सार्कका मुलुकहरुका लागि हेल्थ सफ्टवेयर बनाइएको र कमन रिसर्च प्लाटफर्म बनाउन मोदीले सार्क राष्ट्रका प्रमुखहरुसँग प्रस्ताव गरे ।

भारतीय मेडिकल रिसर्च काउन्सीलले निश्चित क्षेत्रमा समन्यव गर्न सक्ने उनले बताए ।

त्यसअघि सार्कका सबै राष्ट्रका प्रमुख तथा प्रतिनिधिले कोरोना संक्रमण विरुद्ध सबै मिलेर जानुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : ३१ बजे

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी