कोरोना भाइरसविरुद्ध सार्कमा ‘इमर्जेन्सी फण्ड’ बनाउन प्रस्ताव, भारतले १० मिलियन अमेरिकी डलर राख्ने « Khabarhub

कोरोना भाइरसविरुद्ध सार्कमा ‘इमर्जेन्सी फण्ड’ बनाउन प्रस्ताव, भारतले १० मिलियन अमेरिकी डलर राख्ने


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ (कोरोना भाइरस) विरुद्ध सार्क ‘इमर्जेन्सी फण्ड’ बनाउन प्रस्ताव गरेका छन् ।
कोरोना भाइरसविरुद्ध सार्क मुलुकका राष्ट्रले सहकार्य गरेर अघि बढ्नु पर्ने उनले बताए ।

उक्त इमेर्जेन्सी फण्डमा १० मिलियन अमेरिकी डलर भारतले राख्ने र अरु राष्ट्रले पनि स्वयंसेवी योगदानका आधारमा रकम जम्मा गर्न सक्ने उनले जनाए । यसका लागि कुटनीतिक रुपमा अघि बढ्ने बताए ।

चिकित्सक तथा स्वास्थ्य उपकरणहरु भारतले तयार गरिरहेको उनले बताए ।

कोरोना भाइरस विरुद्ध साझा धारणा बनाउन सार्क राष्ट्रका प्रमुखहरुबीचको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले भने,‘सहकार्य गरेर अघि बढ्न जरुरी छ, चिकित्सकहरुका लागि अनलाइन ट्रेनिङ क्यापसुलहरु पनि स्थापना गर्न आवश्यक छ ।’

सार्कका मुलुकहरुका लागि हेल्थ सफ्टवेयर बनाइएको र कमन रिसर्च प्लाटफर्म बनाउन मोदीले सार्क राष्ट्रका प्रमुखहरुसँग प्रस्ताव गरे ।

भारतीय मेडिकल रिसर्च काउन्सीलले निश्चित क्षेत्रमा समन्यव गर्न सक्ने उनले बताए ।

त्यसअघि सार्कका सबै राष्ट्रका प्रमुख तथा प्रतिनिधिले कोरोना संक्रमण विरुद्ध सबै मिलेर जानुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : ३१ बजे

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा