मानसिक रोगबाट मुक्ति दिलाउने ५ योगासन | Khabarhub Khabarhub

मानसिक रोगबाट मुक्ति दिलाउने ५ योगासन


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

समस्या नभएको मानिस को होला ? हरेक मानिसमा केहि न केहि व्यक्तिगत समस्या हुने गर्दछ । तर कतिपय मानिसका लागी यस्ता समस्याहरु निराशा र मानसिक तनावको कारण बनिदिन्छ ।

यहि तनाव कालान्तरमा डिप्रेसनको कारक बन्दछ । र यो सहजै निको हुन सक्दैन । चिडचिडाहट, रिस, एकान्त बस्ने, नबोल्ने मानसिक रोगको लक्षण हो । यदि यस्तो समस्या भएमा औषधिय उपचार त छदै छ केहि योगको सहायताले यो समस्या समाधान हुनसक्छ ।

मानसिक रोगमा समेत उपयोगी ५ योगासन निम्न छन् ।

१. बालसाना

बालसाना एक सरल र आरामदायक योगासन हो । यो आसन जुनै समयमा पनि गर्न सकिन्छ । यो आसनमा केहि बेर रहनाले तनाव र थकान दुबै कम हुन्छ ।

२. शवासन

शवासन पनि एक सरल र आरामदायक योगासन हो । यो आसनमा योग गर्नाले तनाव र थकान त कम हुन्छ नै साथै चञ्चल मन समेत एकाग्र बनाउँछ ।

३. सुखासन

सुखासन गर्दा खुशी र शान्ति मिल्ने भएकाले यसलाई सुखासन भनिएको हो । यो आसनको योग गर्नाले दिमागबाट उदासीपना हटाउनुका साथै रक्तसञ्चार समेत राम्रो हुन्छ ।

४. भुजंगासन

भुजंगासन गर्नाले डिप्रेसन हट्नुका साथै मनलाई समेत शान्त बनाउँछ । यो आसनको योग गर्नाले शरीरमा उर्जा बढाउनुका साथै ढाड दुख्ने समस्याबाट समेत राहत पुर्याउँछ ।

५. सेतुबन्धासन

पुल जस्तो भएर बाधिएको योगासन सुतुबन्धासन हो । यो आसन गर्नाले मानसिक रोग तथा अनाश्यक चिन्ताबाट मुक्ति मिल्दछ । साथै मेरुदण्डमा लचिलोपन ल्याउँछ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १ : ०४ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित