लुम्बिनी विकास बैंक लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न | Khabarhub Khabarhub

लुम्बिनी विकास बैंक लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय स्तरको विकास बैंककोे रुपमा स्थापित लुम्विनी विकास बैंक लि. को पौष २९ गते १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
विकास बैंकका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभाद्धारा संचालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन, आ.व २०७६ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित भएको थियो ।

साधारण सभाले २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम सेयर पुँजीको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभाशं वितरण गर्ने निर्णय पारित गरेको छ । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ७१ करोड ६३ लाख पुगेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको २०७६ मंसीर मसान्त सम्म कर्जा लगानी रु २३ अरब ९४ करोड, साथैे निक्षेप संकलन रु २७ अरब ८ करोड रहेको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क अन्र्तगतको ATM बाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १२ : ०० बजे

दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन्

आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४