ललितानिवासको जग्गा कब्जा गरेको विप्लव समूहको घोषणा | Khabarhub Khabarhub

ललितानिवासको जग्गा कब्जा गरेको विप्लव समूहको घोषणा


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालुवाटारस्थित ललितानिवासको जग्गा कब्जा गरेको विप्लप समूहले घोषणा गरेको छ ।

प्रतिबन्धित विप्लव समूहले बुधबार साँझ एक व्यानर राखेर ललितानिवासको जग्गा कब्जाको घोषणा गरेको हो ।

विप्लव समूहले जारी गरेको व्यानरमा ललिता निवास किन कब्जा गर्नुपरेको भन्ने व्यहोरा उल्लेख गरिएको छ । जसमा ११५ रोपनी जग्गा पार्टीको मातहतमा आउने गरी कब्जा गरिएको उल्लेख छ । सरकारी जग्गा माफियाहरुले किनबेच गरेकाले कब्जा गरेको यो समूहको सूचनामा उल्लेख छ ।

ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बुधबार साँझ भएको विष्फोट पनि आफैंले गराएको विप्लवसमूहको दाबी छ । ढकालको नागार्जुन १ नर्सरीचोकस्थित घरमा विस्फोट गराएको थियो ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ९ : ४४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार