‘लक्का जवान’ भन्दै प्रियंकादेखि दिलिपसम्म नाचे (भिडियो) | Khabarhub Khabarhub

‘लक्का जवान’ भन्दै प्रियंकादेखि दिलिपसम्म नाचे (भिडियो)


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लक्का जवान’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । राजधानीमा बुधवार एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरियो ।

‘मन त मेरो लक्का जवान’ बोलको लोकशैलीको गीतमा बाबुल गिरी र मीना निरौलाको स्वर सुन्न सकिन्छ भने संगीत बाबुलकै रहेको छ । यस्तै गीतमा शब्द डिपी खनालको रहेको छ ।

गीतमा तन बूढो नभए पनि मन बूढो भएको भाव झल्किन्छ ।

भिडियोमा दिलिप रायमाझी, प्रियंका कार्की, किरण केसी, शिवहरि पौडेल, सलाने बस्नेत, राजाराम पौडेल लगायतका कलाकारले नाचेको देख्न सकिन्छ । यो रोमान्टिक भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

यो भिडियोलाई ५ दिन लगाएर शूटिङ गरिएको निर्माता तथा कलाकार किरण केसीले जानकारी दिए । भिडियोका लागि ६५ जना कोरस नचाइएको छ ।

किरण केसीका अनुसार फिल्मका ८० प्रतिशत कलाकारले अभिनय गरेका छन् ।

यो फिल्ममा शिवहरि पौडेलको कथा, स्किृप्ट, संवाद र निर्देशन रहेको छ । हास्य विधाको यो फिल्ममा अन्सुय श्रेष्ठ वन्तको लगानी रहेको छ ।

साथै फिल्ममा दिलिप रायमाझी, शिवराम पौडेल र किरण केसी सह–निर्मातामा छन् । यस्तै फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

यो फिल्म चैत्र २१ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ५ : ४१ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड