सलमानको फिल्म ‘कभी ईद कभी दिवाली’ मा हुनेछ यस्तो कथा | Khabarhub Khabarhub

सलमानको फिल्म ‘कभी ईद कभी दिवाली’ मा हुनेछ यस्तो कथा


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्ला दिन सलमान खान आफ्नो नयाँ फिल्मका कारण चर्चामा छन् । उनले सन् २०२१ को ईदको अवसर पारेर रिलिज हुने गरी फिल्म ‘कभी ईद कभी दिवाली’ को घोषणा गरिसकेका छन् ।

फिल्मको नामजस्तै यसको कहानी पनि उत्तिकै मजाको छ । भारतीय मिडियाका अनुसार फिल्ममा हिन्दू मुस्लिम एकताको देखाइनेछ ।

यतिबेला भारतमा जुन ध्रुवीकरण र नकारात्मक माहोल बनेको छ, यस्तो अवस्थामा सद्भावको सन्देश फिल्मले दिनेछ ।

फिल्मको कहानी सलमान खानको आफ्नै परिवारसँग पनि जोडिएको छ । उनका पिता मुस्लिम हुन् । आमा हिन्दू हुन् । सौतेली आमा हेलेन क्याथोलिक हुन् ।

फिल्मले यस्तै कहानीलाई उठान गर्नेछ । फिल्म सलमानसँगै भाइचाराको भावनामा केन्द्रित हुनेछ ।

यो फिल्मलाई फरहाद समजीले निर्देशन गरेका छन् भने साजिद नाडियाडवाला फिल्मको कथा लेख्नेछन् ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १२ : ११ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड