अमेरिकामा उडिराखेको विमानको तेल खाली गर्दा विद्यालयमा खस्यो, २६ विद्यार्थी घाइते | Khabarhub Khabarhub

अमेरिकामा उडिराखेको विमानको तेल खाली गर्दा विद्यालयमा खस्यो, २६ विद्यार्थी घाइते


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– इन्जिनमा खराबी देखिएपछि अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा डेल्टा एयरलायन्सको विमानलाई आकस्मिक रुपमा अवतरण गरिएको छ ।

मंगलबार लस एन्जलसबाट चीनको सांघाईका लागि उडान भर्नेबित्तिकै विमानको इन्जिनमा प्राविधिक गडबडी देखिएपछि इन्धन खाली गरी आकस्मिक अवतरण गराइएको थियो ।

विमानबाट इन्धन फ्याँक्ने बेलामा पार्क एभिन्यू प्राथमिक विद्यालयका १७ विद्यार्थीसहित २६ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई अस्पताल लगिएको छ भने १७ जना सामान्य घाइते भएको रोयटर्सको समाचारमा उल्लेख गरिएको छ ।

अमेरिकी अधिकारीहरुका अनुसार विमानबाट खाली गराइएको हवाई इन्धन विद्यालयको खेलमैदानमा खसेको थियो ।

‘फ्लाइट ८९ले लस एन्जलसबाट सांघाईका लागि उडान भर्नेबित्तिकै इन्जिनमा प्राविधिक समस्या देखियो ।

इन्धन खाली गरेपछि एयरलाइन्स सुरक्षित रुपमा अवतरण भयो । यस्तो अवस्थामा इन्धन खाली गरिनु सुरक्षित अवतरणका लागि सामान्य प्रक्रिया हो,’ एयरलाइन्सले विज्ञप्तिमार्फत भनेको छ ।

अमेरिकाको नागरिक उड्डयन प्रशासनले भने घटनाको अनुसन्धान गरिरहेको बताएको छ । इन्धन खाली गर्ने क्रममा डेल्टा एयरलाइन्सले नियम पालन नगरेको प्रारम्भिक निष्कर्ष छ । सामान्यतया यस्तो अवस्थामा मानव बस्ती नभएको ठाउँमा इन्धन खाली गरिन्छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १० : ५४ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त