सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन (भिडियोसहित) | Khabarhub Khabarhub

सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन (भिडियोसहित)


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गरेको छ ।

७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गरिएको हो । कांग्रेसका नेताहरु विभिन्न जिल्लामा सरकारविरुद्धको प्रदर्शनमा सहभागी भएका थिए ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायत सबै केन्द्रीय सदस्यहरुलाई प्रत्येक जिल्लामा खटाइएको थियो।

हटौंडामा कांग्रेसको विरोध प्रदर्शनसभालाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले देशमा वर्तमान व्यवस्थाको विरुद्धमा राजावादीहरुको प्रदर्शनमा कम्युनिस्ट सरकार मुख्य जिम्मेवारी भएको बताए ।

उनले भने,’ देशमा राजा आउ, देश बचाउ भनेका छन् । किन भनिरहेका छन् भन्दा कम्युनिस्ट सरकारका कारण । राजा फर्किने अवस्था छैन । कुनै पनि अवस्थामा यो सम्भव हुन्न ।’

उनले गणतन्त्रलाई ठीक पार्ने र लोकतन्त्रलाई संस्थागत गर्ने पार्टी कांग्रेस मात्रै भएको दाबी गरे ।

‘यो व्यवस्थालाई अझ प्रजतान्त्रिक र व्यवस्थित बनाउने काम गरौं । नेपालको संविधानलाई सफल बनाउने हो,’ सभापति देउवाले भने,’गणतन्त्र स्थायी हो । सुधार गर्ने छौं । यो व्यवस्थाभन्दा राम्रो व्यवस्था अन्य कुनै छैन ।’

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ओली सरकार र कम्युनिस्ट सरकारको गतिविधिका कारण जनता आजित भएको बताए । अदालतलाई पनि कम्युनिस्टकरण गर्न खोजेर सरकारले निष्पक्ष न्यायपालिकालाई समेत प्रभाव पारेको सभापति देउवाको भनाइ छ ।

यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा ‘राजा आऊ देश बचाऊ’ को पक्षमा आवाज उठ्नुमा कम्युनिस्ट सरकार जिम्मेवार भएको आरोप लगाएका छन् ।

आज (सोमवार) काठमाडौंमा आयोजना गरिएको सरकारविरुद्धको प्रदर्शनपछि गरिएको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले राजतन्त्र पुनर्वहालीको माग गर्दै आन्दोलन गरिनुमा सरकार नै जिम्मेवार भएको बताएका हुन् ।

सम्बोधनका क्रममा नेता पौडेलले भने, ‘राजा आऊ देश बचाऊ भन्नेलाई प्रश्न गर्न चाहन्छु कि, तिमीहरुले कस्तो राजा ल्याउन खोजेको हो ? कोत पर्व, भण्डार खाल पर्व गराउने राजा ल्याउने खोजेको हो कि ? माओवादी जन्माएर प्रजातन्त्रको हत्या गराउने राजा ल्याउन खोजेको हो?’

उनले सरकारका कारण जनतामा यस्तो प्रतिगामी सोच कसरी जन्मेको र कम्युनिस्ट सरकार नै जिम्मेवार हुनुपर्ने दाबी गरे ।

साथै, नेता पौडेलले यो सरकारले जनतामा सन्त्रास फैलाएको र जनतालाई आफ्नो ईशारामा चल्न बाध्य बनाएको समेत बताए । ‘समाजलाई आफ्नो कब्जामा राख्ने, सारा राज्यलाई आफ्नो कब्जामा राख्ने कोशिश गरिरहेको छ,’ नेता पौडेलले भने ।

उनले भ्रष्टाचार हेर्ने आयोग र निकायहरु जनताको भावनाका विपरीत सरकारको ईशारामा चलेको र भ्रष्टाचारमा मुछिएका ठूला माछालाई पक्राउ नगरिएको बताए ।

यसैगरी कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूसँग चुनाव लड्न चुनौती दिए ।

कांग्रेसले देशव्यापी रुपमा सरकारविरुद्ध आयोजना गरेको विरोधसभाअन्तर्गत धनगढीमा भएको कार्यक्रममा नेता थापाले राष्ट्रपतिको राजनीतिक सक्रियताको आलोचना गरेका थिए ।

नेकपा विवादमा सक्रिय भएर पछिल्लो समय राष्ट्रपति भण्डारी श्री ५ बडामहारानी बन्न खोजेको भन्दै नेता थापाले भने,‘यदि तपाईँ श्री ५ बडामहारानी बन्न चाहनुभएको हो भने भन्न चाहन्छु, राष्ट्रपति महोदय, आँखा नचम्काइबक्स्योस्, हात नलम्क्याइबक्स्योस्’, थापाले भने, ‘हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबक्स्योस् ।’

कांग्रेसले राजालाई पनि फालेको र राष्ट्रपति पनि फाल्नु कुनै ठूलो विषय नभएको भन्दै नेता थापाले भने,‘ राजालाई त फाल्यो राष्ट्रपतिलाई पनि फाल्न सक्छौँ ।’

कांग्रेस नसकेर सरकारविरुद्ध सडकमा नआएको भन्दै उनले भने,‘कोरोना संक्रमण नियन्त्रण गर्न सरकारलाई सघाउन र जिम्मेबार बन्नका लागि सहयोगी भूमिका गरेको हो ।’

यसैगरी  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

सरकार विरुद्धको प्रदर्शनमा सोमबार हटौंडामा भएको सभामा सम्बोधन गर्दै प्रवक्ता शर्माले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

उनले कोरोना माहामारीका बेला औषधि खरिदमा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको बताए ।

पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा गरिएको दुर्व्यवहारले सरकार सर्वसत्तावाद लागू गरेको बताउँदै कांग्रेस चुप लागेर नबस्ने बताए ।

 

हेर्नुस् भिडियो

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ६ : २१ बजे

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी

बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन

आठ महिनामा सम्पत्ति शुद्धीकरणका ३८ सय ६९ उजुरी

काठमाडौं – चालू आर्थिक वर्षका आठ महिनामा सम्पत्ति शुद्धीकरण (कालोधन

अमेरिकी व्यवसायीले अर्थमन्त्रीसँग भने – हाम्रा धेरै लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक छन्

काठमाडौं– अमेरिकन व्यवसायीहरूको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ

‘धेरै अमेरिकी कम्पनीले ठूलो लगानी नेपालमा ल्याउन चाहेका छन्’

काठमाडौं- अमेरिकन व्यवसायीहरुको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ