कलाकारहरुको लक्ष्मीपूजा (फोटो फिचर) | Khabarhub Khabarhub

कलाकारहरुको लक्ष्मीपूजा (फोटो फिचर)


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहारको तेस्रो दिन (आज) साँझ नेपालीहरुले घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेका छन्।

औँशीको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको छ । यतिबेला काठमाडौं उपत्यका बत्तीको उज्यालोले झिलिमिली देखिएको छ।

फूल, रङ र उज्यालोको चाड दिपावलीमा बत्तीको झिलिमिलीसँगै खेलिने देउसी भैलीले जोकोहीलाई रोमाञ्चक बनाउने भए पनि यसवर्ष कोरोना महामारीका कारण केही कमी देखिएको छ ।

देउसी भैली कार्यक्रम कहीँ कतै गरिएका छैनन् । कोरोनाका कारण घरभित्रै सीमित बनेका कलाकारहरुले पनि  घरमा लक्ष्मीपूजा गरेका छन् ।

कतिपयले लक्ष्मीपूजा गर्दै गरेका तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । कतिपयले तिहारको अवसरमा शुभकामना दिँदै सबैको घरमा लक्ष्मीको बास होस् भन्ने कामना गरेका छन् ।

कलाकार हरिवंश आचार्य  दीपकराज गिरी, जितु नेपाल, नायिकाहरु करिश्मा मानन्धर, पूजा शर्मा, नीता ढुंगाना, स्वेता खड्का, नम्रता सापकोटा, बेनिशा हमाल, आँचल शर्मा लगायतका कलाकारले लक्ष्मीपूजा गरेका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

तस्वीरमा कलाकारको लक्ष्मी पूजा

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १० : ५४ बजे

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का