जम्मु कश्मीरमा भारत र पाकिस्तानबीच भिडन्त, कम्तीमा १९ को मृत्यु | Khabarhub Khabarhub

जम्मु कश्मीरमा भारत र पाकिस्तानबीच भिडन्त, कम्तीमा १९ को मृत्यु


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जम्मु कश्मीरमा भारत र पाकिस्तानबीच गएराति भएको भिडन्तमा कम्तीमा १९ जना मारिएका छन् ।

भारतीय समाचार संस्था द हिन्दूका अनुसार उक्त भिडन्तमा परी भारततर्फ ६ जना सर्वसाधारण, ४ जना सैनिक जवान र एक जना बीएसएफ जवान मारिएका हुन् ।

नियन्त्रण रेखामा सीजफायर उल्लंघनपछि भएको भिडन्तमा अन्य २० जनाभन्दा बढी घाइते भएको उल्लेख छ ।

बन्दिपोराको दवार, कुपवाडाको केरन, बारामुडाको उरी र नौगाममा सिजफायर उल्लंघन भएको भारतीय सेनाको हवाला दिँदै द हिन्दूले जनाएको छ । समाचारमा पाकिस्तानको तर्फबाट नियन्त्रण रेखाका विभिन्न ठाउँमा सिजफायर उल्लंघन भएको दाबी गरिएको छ ।

साथै भारतीय सेनाले पाकिस्तानी सेनाका बंकरहरु ठूलो संख्यामा नष्ट गरेको पनि बताइएको छ ।

समाचारका अनुसार पाकिस्तानतर्फ २ जना कमाण्डरसहित ८ जनाको ज्यान गएको छ । पाकिस्तानले मोर्टार र अन्य हतियार प्रयोग गरेको र नियतवश सर्वसाधारण बस्ने क्षेत्रलाई लक्षित गरेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ४ : २८ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक