आइसियु बेड कुर्दा कुर्दै संक्रमिको मृत्यु | Khabarhub Khabarhub

आइसियु बेड कुर्दा कुर्दै संक्रमिको मृत्यु


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटवलमा दुई दिनदेखि आइसीयु बेडको प्रतीक्षामा रहेकी संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण देखिएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी ७७ वर्षीया महिलाको आइसियु बेड खाली हुने प्रतीक्षमा रहेकै अवस्थामा मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

गत असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी सुनवल–९, नवलपरासीकी ती वृद्धालाई तत्कालै आइसियुमा राख्नु पर्ने भए पनि बेड अभावका कारण प्रादेशिक अस्पतालको फिवर क्लिनिक सेन्टरमा राखिएको थियो ।

बुटवलको धागो कारखानामा अवस्थित अस्थायी कोराना विशेष अस्पतालमा आइसियु बेड खाली भएपछि बिरामीलाई स्थानान्तरण गर्ने क्रममा बाटौमै मृत्यु भएको अस्पतालले जनाएको छ । मुटुका रोगी तथा रगतको कमी भएकी ती वृद्धाको बुधबार पूर्वाह्न २ बजे लुम्बिनी प्रादेशिक अस्पतालबाट कोरोना विशेष अस्पताल लैजाँदै गर्दा मृत्यु भएको डा. थापाले बताए ।

कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि रुपन्देहीमा आइसियु बेडको अभाव भएको छ । कोरोना विशष अस्पतालमा रहेका १६ वटा आइसियु बेड खाली छैनन् । अन्य साधारण बेडमा २५ जना बिरामी रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ११ : २८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम