नेपालमा हालसम्म ३९,५७६ ले 'जिते' कोरोना, कुन प्रदेशमा कति ? (सूचीसहित) | Khabarhub Khabarhub

नेपालमा हालसम्म ३९,५७६ ले ‘जिते’ कोरोना, कुन प्रदेशमा कति ? (सूचीसहित)


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ७९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३९ हजार ५७६ रहेका छन् ।

कुल संक्रमित मध्ये ७१.५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताए ।

कुन प्रदेशमा कति जना संक्रमणमुक्त ?

प्रदेश १ मा ३८८५ जना

प्रदेश २ मा ११०५६ जना

वाग्मती प्रदेश ७८१९ जना

गण्डकी प्रदेशमा २२७० जना

प्रदेश ५ मा ६५०० जना

कर्णाली प्रदेशमा २५२५ जना

सुदूरपश्चिम प्रदेशमा ५९२१ जना

हेर्नुस् स्वास्थ्य मन्त्रालयको तथ्यांक

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५२ हजार ३२९ पुगेको छ ।

नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेकाे छ ।

पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३९ हजार ५७६ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ ४५ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ७ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएको छ । यसैगरी ७ जिल्ला संक्रमणमुक्त भएका छन् ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ७ जिल्लामा काठमाडौं, भक्तपुर, चितवन, मोरङ, सर्लाही, रुपन्देही र
सुनसरी रहेका छन् ।

यसैगरी नेपालमा कोरोना संक्रमित शुन्य रहेका ७ वटा जिल्लाहरु रहेका छन् । जसमा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र  म्याग्दी रहेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : १८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम