कर्णालीमा रात्रि प्रवेशमा रोक: पीसीआर रिपोर्ट अनिवार्य | Khabarhub Khabarhub

कर्णालीमा रात्रि प्रवेशमा रोक: पीसीआर रिपोर्ट अनिवार्य


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ ।

प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका लागि तीन दिनअघिको पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको उक्त बैठकले स्वदेश तथा विदेशबाट आउने नेपाली नागरिकलाई बेग्लाबेग्लै क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ ।

छिमेकी भारतबाट फर्किएका नागरिकलाई सीमानाकाका क्वारेन्टिनमा राख्ने तथा क्षमताभन्दा बढी भए मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भवनलाई प्रयोग गर्नका लागि वैकल्पिक व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।

त्यस्तै कर्मचारी र जनप्रतिनिधि सुर्खेतबाट अत्यावश्यक सरकारी कामले जाँदा र भित्रिँदा पिसिआर परीक्षण गराएर मात्र आवतजावतको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

बैठकले मास्क अनिवार्य प्रयोग गर्न/गराउन, समुदायस्तरमा मास्कको व्यवस्था मिलाउन, एक स्थानीय तह एक क्वारेन्टिन वा स्थायी प्रकृतिको आइसोलेशन निर्माण गर्न सामाजिक विकास मन्त्रालयलाई सहजीकरणको जिम्मेवारी दिएको छ ।

कर्णाली प्रदेशमा प्रवेश गर्ने सल्यानको कालीमाटी काल्चे तथा कपुरकोट, सुर्खेतको बबई र कुइने नाकामा जाँच कडाइ गर्ने तथा सुर्खेतका पर्यटकीय क्षेत्र गोठीकाँडा र काँक्रेविहारमा चहलपहल बढिरहेकाले त्यहाँ घुमफिरमा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।

तीन जिल्लामा सघन उपचार कक्ष थप

प्रदेश विपद् व्यवस्थापन केन्द्रले दैलेख, सल्यान र कालीकोटका जिल्ला अस्पतालमा सघन उपचार कक्ष थप्ने निर्णय गरेको छ ।

सामाजिक विकासमन्त्री दल रावलका अनुसार तीनै जिल्लामा पाँचपाँच सघन उपचार कक्ष र एकएक भेन्टिलेटर थप गरिनेछ । हाल कर्णालीका सुर्खेत, जुम्ला र दैलेख अस्पतालमा गरी ४० सघन उपचार कक्ष र १७ भेन्टिलेटर छन् ।

कर्णालीमा हालसम्म दुई हजार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भए पनि ‘एक्टिभ केस’ १४५ छ । छ जनाको मृत्यु भइसकेको छ भने एक हजार ९०१ जना निको भई विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरबाट डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  २ : २६ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय