विप्लवका सैन्य विभाग प्रमुख बोहरा पक्राउ : प्रहरी | Khabarhub Khabarhub

विप्लवका सैन्य विभाग प्रमुख बोहरा पक्राउ : प्रहरी


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सैन्य विभाग प्रमुख नन्दबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले मंगलबार मोरङको उर्लाबारी नगरपालिका–३ बाट विप्लव नेकपाको पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख ४० वर्षीय नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बोहरालाई पक्राउ गरेको पुष्टि गरेका हुन् । पक्राउ परेका बोहोराको साथबाट केही हातहतियार र विष्फोटक पदार्थसमेत बरामद गरिएको डीएसपी राईले बताए ।

उनले बोहराको साथबाट कटुवा पेस्तोल एक थान, तीन राउन्ड गोली र सकेट बमका साथमा बम बनाउने र विष्फोटमा प्रयोग गरिने विष्फोटक पदार्थ पनि बरामद गरेको जानकारी दिए।

 

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ७ : ४६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम