अयोध्याबारे ओलीको अभिव्यक्ति आस्थामाथिको खेलबाड : भाजपा « Khabarhub

अयोध्याबारे ओलीको अभिव्यक्ति आस्थामाथिको खेलबाड : भाजपा


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ भारतीय जनता पार्टी (भाजपाले) नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आस्थामाथि खेलबाड नगर्न चेतावनी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र भगवान राम भारतका थिएनन् भन्दै दिएको अभिव्यक्तिप्रति सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले रामको आस्थामाथिको खेलबाड भन्दै निन्दा गरेको छ ।

भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने पनि बताए । ओलीको आलोचना गर्दै शास्त्रीले भनेका छन्, ‘भगवान राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि आस्थामा खेलवाड गर्न दिँदैनन् । चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा जो कोही होस् ।’

भारतीय समाचार संस्था पीटिआईको समाचारमा उक्त अभिव्यक्तिलाई ‘राजनीतिक विवाद उक्साउने’ भन्दै भारतलाई ‘चोट पुर्‍याउने आश्चर्यजनक कदम’ भनिएको छ।

सोही समाचारमा जनाइए अनुसार सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेको बीबीसी नेपाली न्यूजले जनाएको छ ।

सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।

ओलीको उक्त अभिव्यक्तिपछि भारतीय सन्चारमाध्यम पीटीआईले नेपालका प्रधानमन्त्री ओलीको भनाइ आश्चर्यजनक र स्तब्ध पार्ने खालको भनेको छ । ओलीको सो अभिव्यक्तिपछि नेपालभित्रै पनि ओलीको आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : ४२ बजे

कूटनीतिमा युवा अनुसन्धानकर्ताको भूमिका महत्त्वपूर्ण छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान

सिन्धुपाल्चोकमा टिपर दुर्घटना: हाम फालेका लामाको च्यापिएर मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडक खण्डमा बुधबार

खुट्टामा फुटबल, शरीरभरि आगोको दाग: आखिर को हुन् ती बालक ?

के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको

खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली

चितवन– भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट