पर्वत पहिरो अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो « Khabarhub

पर्वत पहिरो अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

पहिरोले पुरिएर बेपत्ता भएका ६ जनामध्ये अरू दुई जनाको पनि शव फेला परेको छ ।

शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उहाँकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव यसअघि नै फेला परिसकेको थियो । बाँकी २ वटा शव कसको भन्ने खुलाइएको छैन ।

अरू ४ जना अझै वेपत्ता भएका छन् । उनीहरुको स्काभेटर प्रयोग गरी खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए ।

स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए ।

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । अहिले बिहानबाट पुनः उद्धार शुरु भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए ।

शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो ।

पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् । स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको छ । वर्षाकै कारण पहिरो आएको हुनसक्ने स्थानीय प्रमुख गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ८ : ४१ बजे

पोखरा महानगरमा धनराजले मतान्तर बढाए, स्वतन्त्र उम्मेदवार गनेसका हजारभन्दा कम मत

पोखरा– पोखरा महानगरपालिकाका गठबन्धन तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका नेकपा

काठमाडौँ महानगरमा बालेन साहको अग्रता कायमै

काठमाडौं- स्वतन्त्र उम्मेद्वार बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा लगातार अग्रता

भरतपुरमा रेनुको अग्रता कायमै, विजय सुवेदी ६०१ मतले पछाडि

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६

जलजला गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको अध्यक्ष

डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेस विजयी

काठमाडौँ– डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बाजीसिंह