कोपा इटालियाको उपाधिका लागि युभेन्टस र नापोली भिड्ने | Khabarhub Khabarhub

कोपा इटालियाको उपाधिका लागि युभेन्टस र नापोली भिड्ने


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोपा इटालियाको फाइनलमा युभेन्टस र नापोलीको भेट पक्का भएको छ ।

शनिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नापोली र इन्टर मिलानबीच बराबरी भए पनि समग्रमा २ -१ जीत निकाल्दै नेपोलीले फाइनलमा युभेन्टससँगको भेट पक्का गरेको हो ।

पहिलो लेगमा नापोली १–० ले विजयी भएको थियो । खेलभर नै घरेलु टोलीलाई दवावमा राखे पनि नापोलीले बलियो रक्षापङ्ति तोड्न असमर्थ बन्दा इन्टर मिलान सेमिफाइनलबाटै बाहिरिन बाध्य बन्यो ।

खेलको दोस्रो मिनेटमा नै क्रिस्टियन इरिक्सनको गोलबाट इन्टर मिलानले अग्रता बनाएको थियो तर ४१औं मिनेटमा ड्रिएस मेर्टिन्सले लारेन्जो इन्सिग्नेको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलमा दुबैतर्फबाट कुनै पनि गोल हुन सकेन र समग्रमा नापोलीले मिलानलाई  हराउँदै फाइनल यात्रा तय गरेको हो । नापोली र युभेन्टसको उपाधि भिडन्त बुधबार हुनेछ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ८ : १५ बजे

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै