त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिका पनि कोरोना संक्रमित | Khabarhub Khabarhub

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिका पनि कोरोना संक्रमित


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकामा पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।

यो विषयमा अस्पतालले औपचारिक जानकारी दिएको छैन । उनी कपिलवस्तुबाट ६ दिन अगाडि उपचार गर्न काठमाडौं आएकी थिइन् ।

त्रिवि शिक्षण अस्‍पताल स्रोतका अनुसार उपचाररत ती बालिका अस्पतालको न्यूरो वार्डमा उपचाररत छिन् । उनमा कोरोना भाइरस पुष्टि भएपछि टिचिङ अस्पतालको न्यूरो वार्ड सिल गर्ने तयारी गरिएको छ ।

अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख डा प्रेस खड्गाले बताए ।

डा खड्गाका अनुसार बालिकालाई कोरोना विशेष वार्डमा व्यवस्थापन गरी उनको सम्पर्कमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीको पहिचानको काम भइरहेको छ ।

बालिकासँग सम्पर्कमा रहेका सबैको पहिचान खुलेपछि केही समयमा अस्पतालले थप जानकारीसहित प्रेस विज्ञप्ति निकाल्ने पनि डा खड्गाले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेमबहादुर खड्गासहित अहिले छलफलमा रहेको र बैठकपछि मात्रै वास्तविकता सार्वजनिक गर्ने अस्पताल स्रोतले जनाएको  छ।

स्वास्थ्य मन्त्रालयका आज (बिहीबार) बिहान सवा ६ बजे सार्वजनिक गरेको २ संक्रमित मध्ये ती बालिका एक हुन् । उनी कपिलवस्तुकी ६ वर्षीया बालिका हुन् ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १० : ५६ बजे

कोरोनाबाट ज्यान गुमाएका तीन जनाको १ हजार दिनपछि अन्त्येष्टि

भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसका कारण

आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्त्वपूर्ण : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आयात प्रतिस्थापनमा हस्तकला

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प

काठमाडौं– नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक

अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनसँग

सरकारी वित्त स्थिति : बढेन खर्च, राजस्व र ऋण परिचालन पोहोरभन्दा बढी

काठमाडौं – चालू आर्थिक वर्षको ९ महिनामा नेपालको सरकारी वित्त