चट्याङ्ले घरमा आगालागी, ६ पशुचौपाया जले | Khabarhub Khabarhub

चट्याङ्ले घरमा आगालागी, ६ पशुचौपाया जले


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- सुन्दरबजार नगरपालिका ११ तुर्लुङकोटमा चट्याङपछि आगलागी भएको छ । चट्याङले लागेर स्थानीय कूलप्रसाद पाण्डेको घरमा बिजुलीको मिटर बक्स पड्किएपछि आगलागी भएको हो ।

चट्याङले घरगोठ, नगद तथा पशुचौपायामा क्षति पुर्‍याएको छ । चट्याङले घर, नगद र गोठसहित पशुचौपाया जलेका छन् ।

सुन्दरबजार नगरपालिका ११ तुर्लुङकोटमा कूलप्रसाद पाण्डेको घरमा चट्याङ लागेर बिजुलीको मिटर बक्स पड्किएर आगलागी हुँदा घर जलेको लमजुङका डिएसपी रबिन्द्रमान गुरुङले बताए ।

उनका अनुसार राति साढे ११ बजेतिर चट्याङ पर्दा घरमा रहेको ७५ हजार नगद समेत जलेको छ । साँढे ४ लाख रुपैयाँ बराबरको क्षति पुगेको डीएसपी गुरुङले बताए।

सुन्दरबजार नगरपालिका ४ अर्चल्यानीमा रामजी सार्कीको गोठमा चट्याङका कारण आगलागी हुँदा एउटा भैंसी र एउटा गाई मरेको स्थानीय समुद्र पौडेलले बताए ।

यस्तै दूधपोखरी गाउँपालिका २ विचौरको डुङडाँडामा चट्याङका कारण कृष्णप्रसाद अर्यालको खोरमा रहेको ४ वटा बाख्रा जलेर मरेको छ । चट्याङले गोठ सबै जलेको छ ।

घरभन्दा करिब १ किलोमिटर टाढा राखिएको काठको गोठमा ५ वटा माउबाख्रा थियो । चट्याङका कारण २ घरमा रहेको मिटर बक्स जलेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ८ : ३९ बजे

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको