बाटोमै अलपत्र परेका नेपालीबारे जवाफ दिन सर्बोच्च अदालतको सरकारलाई आदेश | Khabarhub Khabarhub

बाटोमै अलपत्र परेका नेपालीबारे जवाफ दिन सर्बोच्च अदालतको सरकारलाई आदेश


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफ्नो स्थायी वासस्थान हिँडेकाहरु अलपत्र परेको विषयमा सर्बोच्च अदालतले कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

लकडाउनका कारण हिडेरै आफ्नो स्थायी बासस्थान जान थालेकाहरु बाटोमै अलपत्र परेपछि उनीहरुलाई घर पुर्‍याउन अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले चैत ३० गते सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी हुनुनपर्ने भए कारण पेश गर्न सरकारलाई आदेश दिएको हो।

‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनुनपर्ने हो ? आदेश जारी हुनुनपर्ने आधार र कारणसमेत खुलाई आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नू,’ आदेशमा भनिएको छ ।

सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न निवेदक र विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालयलाई वैशाख ५ गते उपस्थित हुन पनि आदेश दिइएको छ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ८ : ०० बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले