'डिभोर्स' सँग जोडेर गाली गरेपछि रीमाले भनिन् – यति धेरै घृणा किन ? | Khabarhub Khabarhub

‘डिभोर्स’ सँग जोडेर गाली गरेपछि रीमाले भनिन् – यति धेरै घृणा किन ?


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका तथा भिजे रीमा विश्वकर्मा एकाएक विवादमा तानिएकी छिन् । लकडाउनका बेला कालो चिया बनाउन सिकेको भनेर फेसबूक लाइभमार्फत भनेपछि उनी एकाएक विवादमा तानिएकी थिइन् ।

रीमाले केही दिनअघि फेसबूक लाइभमा प्रशंसकसँग कुरा गर्दै भनेकी थिइन् – यो लकडाउनमा मैले कालो चिया बनाउन सिकेँ ।

बर्दियाको गुलेरियामा जन्मेकी रीमाले यसो भनेपछि प्रशंसक अचम्ममा परेका थिए । कतिले त तत्काल प्रतिक्रिया जनाउँदै पानी उमाल्न पनि जान्नुभयो कि? भनेर सोधेका थिए ।

कालो चिया पनि बनाउन नजानेको भनेपछि रीमा ट्रोलको शिकार भएकी छिन् । ट्रोल बनाएपछि उनले यसलाई मजाकका रुपमा लिन खोज्दै कमेडी च्याम्पियन चलिरहेको भन्दै हाँसोमा उडाउन खोजेकी थिइन् । तर, मजाक बढी नै भएपछि उनले फेसबूकमार्फत लेखेकी थिइन् – मैले कालो चिया बनाउन सिकेको हो, बम बनाउन होइन ।

यता रीमालाई फ्यानले अझै पनि गाली गरेर म्यासेज गर्न थालेपछि उनी दुःखी बनेकी छिन् । उनलाई फ्यानले इन्स्टाग्राममा समेत गाली गरेका छन् । गाली आएपछि उनले ती गालीलाई स्क्रिनशट गरेर साझा गरेकी छिन् । उनले लेखिन् – यति धेरै घृणा किन ?

एक युवतीले उनलाई लेखेकी छिन् – अझ चिया पकाउन पनि आउँदैन रे, तिमीलाई डिभोर्स नगरे कसले गर्छ ?

निकेश रायमाझी नामक प्रयोगकर्ताले पनि पूर्वपतिले छोड्नु ठीकै भएको भन्दै म्यासेज पठाएका छन् । कालो चिया बनाउन नजानेको कुरालाई रीमाको डिभोर्ससँग ल्याएर जोडिएको छ ।

४ वर्षअघि रीमाले रोबर्ट विश्वकर्मासँग बिहे गरेकी थिइन् । दुई वर्षअघि यी दुईले डिभोर्स गरेका थिए । पुरानो कुरा कोट्याउँदा उनी दुःखी बनेकी छिन् ।

 

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ९ : २३ बजे

सुनचाँदीको मूल्य बढ्यो,  कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको