टेक कम्पनीमा एप्पल संसारकै उत्कृष्ट, सामसङ तेस्रो | Khabarhub Khabarhub

टेक कम्पनीमा एप्पल संसारकै उत्कृष्ट, सामसङ तेस्रो


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेक कम्पनीहरुको सूचीमा एप्पल कम्पनी विश्वकै उत्कृष्टमा पर्न सफल भएको छ ।

मार्केट रिसर्च फर्म आईडिसीले २०१९ को अन्तिम त्रैमाशिक र २०१९ को वेयरेबल मार्केटसँग जोडिएको डाटा सार्वजनिक गर्दा  एप्पल १ नम्बर कम्पनीको रुपमा दर्ज भएको हो ।

रिर्पोटमा एप्पल कम्पनीले ४.३ करोडभन्दा धेरै यूनिटहरुको सेलसँगै मार्केटको टपमा रहेको उल्लेख गरिएको छ । रिपोर्टमा एप्पलको नयाँ रेन्जमा रिफ्रेर्स्ड एयरपड्स, एयरपड्स प्रो र एप्पल वाच पनि सामेल रहेको जनाइएको छ ।

अमेरिकी टेक कम्पनी एप्पलले वर्ष २०१९ को अन्तिममा ३१.७ प्रतिशत मार्केट शेयरमा कब्जा गरेको छ भने कम्पनीको इयर टु इयर ग्रोथ १ सय २१.७ प्रतिशत रहेको थियो । यसको दोस्रो स्थानमा शाओमी रहेको छ ।

शाओमीले १२.४ प्रतिशत मार्केट शेयरमा कब्जा गरेको हो । त्यस्तै कम्पनीले २०१९ मा करिब ४.१ करोड यूनिटहरु सेल गर्न सफल भएको हो। २०१९ को अन्तिम त्रैमाशिकमा शाओमीले १.२ करोड वेयरेबल्सको सेल गरेको थियो ।

यसैगरी दक्षिण कोरियाली टेक ब्रान्ड सामसङ ३ करोड भन्दा धेरै वेयरेवल यूनिटहरुको सेलसँगै तेस्रो स्थानमा  परेको छ । यसको चौथो पोजिशनमा ह्वावे ८.३ प्रतिशत मार्केट शेयरसँगै रहेको छ । त्यस्तै कम्पनीको इयस टू इयर ग्रोथ १४८.८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  २ : १६ बजे

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको