कोरोना भाइरस : साउदी अरेबियामा पनि 'लकडाउन'को तयारी | Khabarhub Khabarhub

कोरोना भाइरस : साउदी अरेबियामा पनि ‘लकडाउन’को तयारी


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण साउदी अरेबियामा पनि बढेको छ ।

बढ्दो संक्रमणका कारण साउदी अरेबियाले पनि ‘लकडाउन’को तयारी गरेको छ । साउदीले भोलि (आइतबार)देखि लागू हुने गरी २ हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडान रद्द गर्ने निर्णय गरेको छ ।

आन्तरिक मामिला मन्त्रालयले शनिबार यसको घोषणा गरेको अरबन्यूजले उल्लेख गरेको छ ।

शुक्रबार साउदीमा २४ जना नयाँ संक्रमित भेटिएसँगै देशभर संक्रमितको संख्या ८६ पुगेको छ ।

‘उडानमा प्रतिबन्धको नयाँ निर्णय आइतबार बिहान ११ बजेदेखि लागू हुनेछ’ मन्त्रालयले साउदी प्रेस एजेन्सीमार्फत जारी गरेको विज्ञप्तिमा उल्लेख छ ‘केही उडानहरुलाई विशेष परिस्थितिमा मात्र अनुमति दिइनेछ ।’

यो अवधिमा साउदी फर्किन नसक्ने कर्मचारीहरुका लागि यो अवधि आधिकारिक रुपमा सार्वजनिक बिदा मानिनेछ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  १२ : २६ बजे

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको