अर्को वर्षको दशैंमा रिलिज हुने भयो 'ए मेरो हजुर ४' | Khabarhub Khabarhub

अर्को वर्षको दशैंमा रिलिज हुने भयो ‘ए मेरो हजुर ४’


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्लोरमा नजाँदै चलचित्र ‘ए मेरो हजुर ४’ ले प्रदर्शन मिति घोषणा गरेको छ । यो फिल्म आगामी वर्षको दशैंको अवसर पारेर कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।

यसअघि पनि अन्य केही प्रतीक्षित फिल्मले दशैं पारेर सोही मितिमा फिल्म निर्माण गर्ने घोषणा गरेका थिए ।

निर्माता दीपकराज गिरी र निर्देशक प्रदीप भट्टराईले आफ्ना फिल्म यही मितिमा रिलिज गर्ने बताएका थिए । अब भने ३ वटा प्रतीक्षित फिल्म नै एकैसाथ रिलिज मिति तोक्दा निर्मातामा दशैंको डेट लिनलाई तँछाडमछाड भएको छ ।

फिल्ममा अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहनेछ । ‘ए मेरो हजुर २’ मा पनि साथै काम गरेका अनमोल र सुहानाको जोडी दर्शकले पुनः पर्दामा देख्न पाउनेछन् ।

बुधवार मात्र निर्देशक झरना थापाले ‘ए मेरो हजुर ४’ साउन या भदौमा रिलिज हुने संकेत गरेकी थिइन् । यद्यपि निर्माण टिमले अब भने दशैंको डेटमा फिल्म रिलिज गर्ने जनाएको हो ।

झरना थापाको नै निर्देशन रहने यो फिल्ममा मनोरञ्जन सँगै प्रेम कथा रहने निर्माण टिमले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ७ : ०८ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको