प्रधानमन्त्रीले संसदमा गर्ने विशेष सम्बोधन स्थगित | Khabarhub Khabarhub

प्रधानमन्त्रीले संसदमा गर्ने विशेष सम्बोधन स्थगित


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने भनिएको विशेष सम्बोधन स्थगित भएको छ ।

सरकारको २ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सरकारले गरेको कामका बारेमा संसदमार्फत जानकारी गराउने कार्यक्रम रहेको थियो।

संघीय संसद राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएकाले आजको संसद बैठक सांसद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्ने भएकाले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

बहालवाला सांसदको निधन भएकाले शुक्रबार २ बजेका लागि बोलाएको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुनेछ ।

संसद सचिवालयका सचिव गोपलानाथ योगीका अनुसार बहालवाला सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित गर्ने निर्णय यसअघि नै भएकाले बहालवाला सांसदको निधनमा संसद बैठक बसेर शोक प्रस्ताव पारित गर्ने र स्थगित गर्ने कार्यव्यवस्था परामर्श समितिले यसअघि नै निर्णय गरेको छ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १ : ५२ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्